निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट वीमालेख जारी र नविकरण गर्न बीमा समितिको निर्देशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट वीमालेख जारी र नविकरण गर्न बीमा समितिको निर्देशन



काठमाडौं । निषेधाज्ञामा बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई अनलाइन मार्फत बीमालेख बिक्री गर्न निर्देशन दिएको छ । बीमा समितिले बीमालेख अनलाईनबाट जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यनलुममा अधिनमा रहि गर्न निर्देशन दिएको हो । त्यस्तै, निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट नविकरण गर्न बीमा समितिको निर्देशन दिएको हो ।

कोरोना संक्रमण बढेकाले बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत जारी गर्न बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको हो ।

बीमा समितिले निषेधाज्ञाको समयमा सेवा प्रवाहका लागि ७ बुँदे निर्देशन 

१. बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुद्वारा आलो पालोमा सेवा संचालन गर्ने र यसरी पालोमा कार्य गराउदा कार्यलय प्रमुखले कोभिड काज जनाउने । सम्बन्धित सबै कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा लिई हिड्ने व्यवस्था मिलाउने।

२. निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट वीमालेख जारी तथा नविकरण गर्न सकिने ।

३. निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भए पछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने ।

४. बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने र त्यसरी जारी गर्दा अनिवार्य रुपमा बीमा समिति बाट जारी भएका ऐन नियम र निर्देशिका साथै बीमकको Underwriting Manual को अधिनमा रहि गर्नु पर्ने ।

५. बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने, बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत लिने व्यवस्था गर्ने ।

६. बीमालेख अन्तर्गतको बीमाशुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको Mobile/E-Banking तथा अनलाइन सेवा प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने ।

७. बीमालेख जारी गर्दा टिकट वापतको शुल्क समेत लिने र टिकट टास्ने ब्यवस्था बीमकले गर्ने साथै बीमालेखमा This is electronically generated policy, hence, bears no signature and the duly stamped original policy will be provided after the lockdown period” भन्ने वाक्याशं सहित ईमेल मार्फत बीमालेखको सफ्ट कपी पठाउने । निषेधाज्ञाको अवधि समाप्त भएपछि टिकट सहितको सक्कल बीमालेख र रसिद बीमितलाई उपलब्ध गराउने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्