यूएईमा रहेका नेपालीहरुलाई खुशिको खबर, फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसबीच भयो यस्तो सम्झौता
काठमाडौं । यूएईको फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु गर्ने सम्झौता भएको छ । यो संगै यूएईमा रहने नेपालीहरुले फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् नेपालमा सजिलै पैसा पठाउन सक्ने भएका छन ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका तर्फबाट महाप्रबन्धक राजह आरआर लियानेजले हस्ताक्षर गरेका छन । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।













