नौ महिनामा सानिमा जनरल इन्स्योरेन्सको सबै सूचकमा चमक, नाफामा १ सय १ प्रतिशतले छलाङ
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षकोसोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा यस बर्षको सोहि अवधिमा १००.९५ प्रतिशत अर्थात २ करोड ८४ लाख रुपैयाँ बढि नाफा आजर्न गर्न सफल भएको हो ।
यस खवधिमा कम्पनीको खुद बीमाशुल्क ७६.४६ प्रतिशत अर्थात ५ करोड २९ लाख रुपैयाँले बढेर १३ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको हो । गत वर्ष कम्पनीले बीमाशुल्क ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा रहेको छ ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.२७ प्रतिशतले बढेर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा पुनर्बीमा कमिसन बापत ८ करोड ४० लाख रुपैयाँ र विभिन्न क्षेत्रका लगानी गरेर कम्पनीले १ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । अभिकर्ता कमिसन बापतको खर्च ५१ प्रतिशतले बढेर ८८ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ ।













