महिला लघुवित्तको नाफामा ११२.६६ प्रतिशतले उछाल
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ३ करोड २ लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ११२.६६ प्रतिशत बढी नाफा आर्जन गरको हो ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा १५० प्रतिशत बढेर ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले ३ करोड १७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ, जगेडा कोष १९ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।















