हिमालयन जनरल इन्स्योरेन्सले ६.७५ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले बार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले जेठ २८ गते बिहान ११ बजे थापागाँउस्थित कम्पनीको केन्द्रिय कार्यालयमा २७ औं वार्षिक साधारणसभा गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रिया सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने जनाएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ । बार्षिक प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।













