मिथिला लघुवित्तले ५ करोड भन्दा बढी नाफा कमायो, अन्य सुचक कस्तो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिथिला लघुवित्तले ५ करोड भन्दा बढी नाफा कमायो, अन्य सुचक कस्तो ?



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले ५ करोड भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्ष लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । गएको वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३३ दशमलव ८५ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि उकालो लागेको छ । ब्याज आम्दानी ६९ दशमलव ०८ प्रतिशतले बढेर ८ करोड ४६ लाख पुगेको हो । गएको वर्ष कम्पनिले ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

त्यस्तै कम्पनिले ६ करोड ६७ लाख सञ्चालन नाफा कमाएको छ । गत वर्ष संस्थाको संचालन मुनाफा नाफा २ करोड ३१ लाख रुपैयाँ गरेको थियो । यो संचालन मुनाफा १८७ दशमलव ८४ प्रतिशतले बढेको हो ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा पुगेको छ ।कम्पनिको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्