२ कार्तिक २०८३, सोमबार

आरएसडीसी लघुवित्तको सबै सूचकमा छलाङ, नाफा ४०.३१ प्रतिशत र ब्याज आम्दानी २८.१४ प्रतिशतले बढ्यो



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिको वर्ष सोहि अवधिमा संस्थाले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४०.३१ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

यस अवधिमा संस्थाको सञ्चानल मुनाफा पनि २३.८४ प्रतिशतले बढेर १० करोड ३८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक सोहि अवधिमा ८ करोड ३८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा रहेको छ ।

यस अवधिमा खुद ब्याज आम्दानी २८.१४ प्रतिशतले बढेर १२ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ९ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

यस अवधिमा संस्थाले ३ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले २ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यस अवधिमा चुक्तापुँजी ७३ करोड १९ लाख रुपैयाँ, जगेडा कोषमा १३.५८ प्रतिशतले बढेर १३ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १३.९० रुपैयाँ रहेको छ । पीई रेसियो ६५.६८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ ।