अपि पावरले २९.३८ प्रतिशत हकप्रद जारी गर्दै, हकप्रद निश्काशन गर्न बुकक्लोज तोकियो
काठमाडौं । अपि पावर कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद निष्कासन गर्न कम्पनलिे बुक क्लोज पनि तय गरेको छ । अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।
बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।













