नाडेप लघुवित्तको वार्षिक साधारण सभा स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नाडेप लघुवित्तको वार्षिक साधारण सभा स्थगित



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा स्थगित भएको छ ।

लघुवित्तको जेठ २ गते गर्ने भनिएको वार्षिक साधारण सभा विशेष कारणबस अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित भएको कम्पनिले जानकारी दिएको छ ।

कम्पनिको साधारण सभाले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव रहेको थियो ।

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्