२७ श्रावण २०८३, बुधबार

नाडेप लघुवित्तको नाफामा अचाक्ली बृद्धि, तेस्रो त्रैमासमा ह्वात्तै बढ्यो सूचकहरु



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५४१०.७८ प्रतिशतले बढेर ११ करोड ३७ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको यस अवधिमा खुद ब्याज आम्दानी ८०.६२ प्रतिशतले बढेर ३६ करोड ७ लाख ०६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी १९ करोड ९७ लाख ५० हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा ७३६४.२१ प्रतिशतले बढेर १७ करोड ७८ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा सञ्चालन नाफा २४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ९.९७ प्रतिशतले बढेर ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३६ करोड ८० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा रिजर्भ कोषमा ७६.५७ प्रतिशत बढेर ३२ करोड ६८ लाख ४८ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १८ करोड ५१ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा निक्षेप १०.३५ प्रतिशतले बढेर १ अर्ब ५० करोड ९५ लाख २१ हजार रुपैयाँ स.कलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ३६ करोड ७८ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कर्जा लगानी ५.३६ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २० पैसाले बढेर ३७ रुपैयाँ ४७ पैसा रहेको छ ।