भर्खरै आईपीओ निष्कासन गरेको प्रभु लाइफको नाफामा १४८.३३ प्रतिशतले छलाङ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भर्खरै आईपीओ निष्कासन गरेको प्रभु लाइफको नाफामा १४८.३३ प्रतिशतले छलाङ



दावी भुक्तानी ५१९ प्रतिशत बढ्यो

काठमाडौं । भर्खरै आईपीओ निष्कासन तथा बिक्री गरेको प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १४८.३३ प्रतिशतले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष १८१.९९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवस बीमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ११५.६० प्रतिशतले बढेर १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १३०.४५ प्रतिशतले बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीले दावी भुक्तानी ५१८.९४ प्रतिशतले बढेर ६ करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दावी भुक्तानी १ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्