मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ कित्ता शेयर लिलामीमा विक्री खुल्ला
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेउर लिलममिमा विक्री खुल्ला गरेको छ ।कम्पनिले ६२ हजार ३८८ कित्ता शेयर आज विहिबारदेखि लिलामीमा विक्री खुल्ला गरेको हो ।
उक्त शेयर एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको छ । इच्छुक लगानिकर्ताले बैशाख २९ गतेसम्मका लागि उक्त शेयरमा आवेदन दिन सक्ने छन ।
माइक्रोफाइनान्सले शेयरको मूल्य परकित्ता न्यूनतम ५७६ तोकिएकाले छ ।कम्पनिका अनुसार उक्त शेयरमा लगानिगर्न चाहाने लगानिकर्ताले न्यूनतम ५७६ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।













