प्रुडेन्सियल इन्स्योरेन्सको सबै सूचकमा उछाल आउँदा दावी भुक्तानी भने घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रुडेन्सियल इन्स्योरेन्सको सबै सूचकमा उछाल आउँदा दावी भुक्तानी भने घट्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४०.५० प्रतिशतले खुद नाफा बढेर १२ करोड ७३ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ९ करोड ६ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको रिजर्भ कोष १४.१३ प्रतिशतले बढेर २६ करोड १४लाख ५१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोष २२ करोड ९० लाख ८४ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको बिमा कोष १७.१२ प्रतिशतले बढेर ६० करोड ५ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बीमा कोष ५१ करोड २७ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ६० प्रतिशत बढेर १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा खुद बीमा शुल्क ६०.२१ प्रतिशतले बढेर ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बीमा शुल्क ३० करोड २४ लाख ४५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ३० पैसा छ ।

गत आर्थिक बर्षको यस अवधिमा खुद दावी भुक्तानी २० करोड ३४ लाख ३० हजार रुपैयाँ रहेकोमा यस बर्ष १९.१० प्रतिशतले घटेर १६ करोड ४५ लाख ७६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, गत बर्षको यस अवधिमा कूल दावी भुक्तानी रकम ६० करोड ६४ लाख ४४ हजार रुपैयाँ रहेकोमा यस बर्ष २०.१० प्रतिशतले घटेर ४८ करोड ४५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्