यूनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक बृद्धि, नाफामा ३३५.५३ प्रतिशतले छलाङ
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३५.५३ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ५३.१७ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क २४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस खवधिमा कम्पनीको बीमा कोषमा १२.५८ प्रतिशतले बढेर ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बीमा कोषमा २९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा जगेडा कोषमा ६६.६१ प्रतिशतले बढेर ११ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको कूल दावी भुक्तानी १४३.९८ प्रतिशतले बढेर ४० करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १६ करोड ५३ लाख रुपैयाँ कूल दावी भुक्तानी रहेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १० करोड ३४ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ ।













