सुनचाँदी व्यवसायी ज्ञानु राज शाक्यको निधन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनचाँदी व्यवसायी ज्ञानु राज शाक्यको निधन



काठमाडौं ।नेपालको सुनचाँदी ब्यवसाय क्षेत्रको धरोहरकारुपमा रहेका ब्यवसायी ज्ञानुराज शाक्यको शुक्रबार विहान निधन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष शाक्यको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । विगत केही महिनायता मृगौला लगायतका विभिन्न र ोगहरुवाट पिडित शाक्यको उपचारकै क्रममा शुक्रबार विहान करिव चार बजे निधन भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो ।

शाक्यको निधनले नेपालको सुनचाँदी ब्यवसायको क्षेत्रमा अपुरणिय क्षति पुगेको शाहले बताउनुभयो । स्वर्गिय शाक्यले सुनचाँदी ब्यवसायी महासंघको विभिन्न पदमा रही लामो समयसम्म काम गर्नुभएको छ । स्वर्गिय शाक्यको श्रीमति र एक छोरा हुनुहुन्छ । उहाँको पारिवारिक परम्परा अनुसार आजै दाहसंस्थार गरिने उहाँको पारिवारिक श्रोतले जनाएको छ ।

यसैवीच नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी सुनिल श्रेष्ठको पनि असामयिक निधन भएको छ । विगत केही समययता स्वास्थ्य लाभ गरिरहनुभएका श्रेष्ठको बुधबार साँझ आफ्नै निवास भक्तपुरमा अल्पायुमा नै निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्