२७ श्रावण २०८३, बुधबार

सपोर्ट माइक्रोफाइनान्सको लोभ लाग्दो प्रगति, नाफा २२१.०३ प्रतिशतले बढ्यो



काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२१.०३ प्रतिशतले बढेर खुद नाफ २ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ६६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानी ८१.३७ प्रतिशतले बढेर ५ करोड ७८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ३ करोड १९ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा फाइनान्स कम्पनीको सञ्चालन नाफा पनि २२४.२६ प्रतिशत बढेर ३ करोड ३७ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ करोड ४ लाख १६ हजार रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर ६ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवविधमा चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा जगेडा कोषमा ८८.१२ प्रतिशत बढेर ४ करोड १ लाख ७२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा काषमा २ करोड १३ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको यस अवधिमा निक्षेप संकलन ३१.९० प्रतिशतले बढेर २२ करोड ४३ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा निक्षेप संकलन १७ करोड १ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको सापटी रकम ३०.९० प्रतिशतले बढेर ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर ४२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ छ । लघुवित्तको खराब कर्जा बढेर ४.४९ प्रतिशत पुगेको छ ।