२७ श्रावण २०८३, बुधबार

नेपाल एग्रो लघुवित्तको सबै सूचकमा उछाल, नाफामा र रिजर्भमा छलाङ



काठकाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको यही अवधिको तुलनामा २४५.५२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।

त्यस्तै, गत आर्थिक बर्षको यस अवधिमा सञ्चालन मुनाफा ४१ लाख ९३ हजार रुपैयाँ रहेकोमा चालु आवमा ४ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, यस अवधिमा संस्थाले खुद ब्याज ७६.५३ प्रतिशतले बढेर ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद ब्याज २ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा सापटी रकम ८.८५ प्रतिशतले बढेर ६५ करोड २ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा संस्थाको कर्जा परिचालन ३१.९८ प्रतिशतले बढेर ९३ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५९ करोड ७३ लाख रुपैयाँ सापटी लिई ७१ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

त्यस्तै, यस अवधिमा रिजर्भको आकार २०४.२३ प्रतिशतले बढेर ४ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा रिजर्भको आकार १ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा संस्थाको चुक्ता पूँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ५४.८१ रुपैयाँ रहेको छ । पीई रेसियो ६.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।