हिमालयन डिस्टिलरीको नाफा ५३.८९ प्रतिशतले बढ्यो, अन्य सूचक यस्ता छन्
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको यस अवधिको तुलनामा नाफा ५३.८९ प्रतिशत बढी हो ।
त्यस्तै, यस अवधिमा कमपनीको कुल बिक्री ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कुल बिक्री रकम ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । गत आवको तुलनामा बिक्री रकम ९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०३.३८ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस १००.७६ रुपैयाँ रहेको थियो । कम्पनीको तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ ।
गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता रहेको कम्पनीले जनाएको छ ।













