सिटिजन लाइफको लोभ लाग्दो प्रगति, बीमा कोष १३८.०५ प्रतिशतले चम्कियो, नाफा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन लाइफको लोभ लाग्दो प्रगति, बीमा कोष १३८.०५ प्रतिशतले चम्कियो, नाफा कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १०९.८ प्रतिशतले बढेर २ अर्ब ४४ करोड १० लाख २६ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद बीमा शुल्क १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल बीमा शुल्क १०९.८६ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७४ लाख ९२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १८ करोड ५३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा जीवन बीमा कोष १३८.०५ प्रतिशतले बढेर ३ अर्ब १ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब २६ करोड ४९ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा खुद नाफा १.२७ प्रतिशतले बढेर १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा ११.०३ प्रतिशत बढेर ३ अर्ब ८३ करोड ९९ लाख रुपेयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३ अर्ब ४५ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ६५.४६ प्रतिशतले बढेर ७६ करोड ५७ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्