स्वावलम्बन लघुवित्तको ब्याज आम्दानी २६.२० प्रतिशतले बढ्दा नाफामा भने ५२.७९ प्रतिशतले गिरावट
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ५२.७९ प्रतिशतले घटेर १४ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा संस्थाको सञ्चालन नाफा १ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । गत वर्ष भने सञ्चालन मुनाफा ४८ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा संस्थाको खुद ब्याज २६.२० प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ८१ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, यस अवधिमा १० अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा परिचालन १६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा निक्षेप संकलन ९ अर्ब ५ करोड रुपैयाँ र कर्जा परिचालन १५ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा चुक्ता पूँजी ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । संस्थाको रिजर्भको आकार १.७४ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित छ । गत वर्ष रिजर्भमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
प्रतिसेयर आम्दानी २०.२१ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ९४.३१ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २३७.१३ रुपैयाँ रहेको छ ।













