एक आपसमा मर्ज हुन समाज र स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एक आपसमा मर्ज हुन समाज र स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा



काठमाडौं । समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुनका जेठ ११ गते विशेष साधारण सभा बोलाएका छन् । सभामा दुवै कम्पनीले एक आपसमा मर्ज हुने एजेन्डा पेश गर्दैछन् ।

समाज लघुवित्तको जानकी फेमली होटल एण्ड लज, मलंगवा, सर्लाहीमा र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको होटल नेमान, लहान, सिरहामा दिउँसो २ बजे बस्ने कम्पनिले जनाएको छ ।

कम्पनिको साधारण सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्ने जनाइएको छ । मर्जर भएपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने सभाले पारीत गर्ने छ ।

यी दुई लघुवित्तले मर्जर प्रस्ताव पारित गरेसंगगै कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्तापूँजी ४ करोड कायम हुने छ ।


प्रतिक्रिया दिनुहोस्