१९ भदौ २०८३, शुक्रबार

युनियन हाइड्रोपावरको नाफा १५.१४ प्रतिशतले बृद्धि, अन्य सूचक यस्ता छन्



काठमाडौं । युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा यस बर्ष कम्पनीको खुद नाफा १५.१४ प्रतिशत बढी हो ।

त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२२ प्रतिशतले बढेर ५ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा विद्युत बिक्री आम्दानी ५ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको अन्य आम्दानी ८४ हजार ६०७ रुपैयाँबाट बढाएर ७ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोष ७ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ८६ करोड ७२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १० पैसा छ ।