नेपाल चेम्बर अफ कमर्सले कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा दिने, कसरी लिने सेवा ?
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । कोरोना संक्रमितको लागि आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा दिने चेम्बर अफ कमर्सले जनाएको छ ।
कोरोनाका संक्रमणको दर बढिरहेको बेला बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेकालेचेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।चेम्बरले हाल काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा दिने छ ।
एम्बुलेन्स सेवा प्रयोगका लागि ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सक्ने नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।













