सानिमा लाइफको नाफा ११.७४ प्रतिशतले वृद्धि, अन्य वित्तीय अवस्था कस्तो छ ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको नाफा ८ करोड ३८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा यस बर्ष खुद नाफा ११.७४ प्रतिशतले बढी हो ।
त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५१.५८ प्रतिशतले बृद्धि भएर १ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको कूल बीमाशुल्क आर्जन १५४ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा ५८ करोड १५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७७ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख रुपैयाँ संचिती रहेको छ ।
यस अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम ८ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेको छ ।

















