नेपाल इन्स्योरेन्सको दाबी भुक्तानी १७३.२२ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्स्योरेन्सको दाबी भुक्तानी १७३.२२ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा २६.८७ प्रतिशतले बढेर १७ करोड १ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार ३९.०५ प्रतिशतले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ३६ करोड ४७ लाख १० हजार रुपैयाँ रहेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३५.२७ प्रतिशतले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ४३ करोड १ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको जगेडा कोष १६.१६ प्रतिशतले बढेर ४० करोड १७ लाख ३५ हजार रुपैयाँ छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको कूल दाबी भुक्तानी १७३.२२ प्रतिशतले बढेर ४८ करोड ४८ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कूल दाबी भुक्तानी १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्