२ कार्तिक २०८३, सोमबार

एनआरएन इन्फ्रास्टक्चरको खुद नाफा १ करोड ७२ लाख १२ हजार रुपैयाँ



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ९१ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा यस बर्ष ८० लाख ५१ हजार रुपैयाँले बढी नाफा आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा २ करोड ६२ लाख ५२ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सञ्चालन मुनाफा १ करोड २२ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १ करोड ८९ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ १६ पैसा रहेको छ ।