नेशनल लाइफको सबै सूचक उत्साहजन रुपमा बढ्यो तर प्रतिशेयर आम्दानी भने झिनो अंकले घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेशनल लाइफको सबै सूचक उत्साहजन रुपमा बढ्यो तर प्रतिशेयर आम्दानी भने झिनो अंकले घट्यो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा २.२ प्रतिशतले बढेर ३२ करोड २५ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सा्हि अवधिमा ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ५६.३७ प्रतिशतले बढेर ८ अर्ब ९५ करोड ४९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले कूल बीमा शुल्क आर्जन ५ अर्ब ७२ करोड ६९ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

विभिन्न क्षेत्रमा गरेको लगानी १९ प्रतिशत बढेर २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा बीमा पोलीशी १७.०३ प्रतिशतले बढेर ९ लाख १७ हजार ९५० वटा बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७ लाख ८४ हजार ३६६ वटा बीमा पोलीशी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष २७.५६ प्रतिशतले बढेर ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३१ अर्ब ५२ करोड ९२ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ६.४७ प्रतिशतले बढेर ८१ करोड १७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको साहि अवधिमा कम्पनीको जगेडा कोषमा ७६ करोड २४ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी घटेर १२ रुपैयाँ ६८ पैसा रहेको छ । कम्पनीको नेटवर्थ भने १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्