गुराँस लाइफको सबै सूचकमा फड्को मार्यो, खुद दाबी भुक्तानी १०७.८४ प्रतिशत बढायो, अन्य सूचक यस्ता छन् - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गुराँस लाइफको सबै सूचकमा फड्को मार्यो, खुद दाबी भुक्तानी १०७.८४ प्रतिशत बढायो, अन्य सूचक यस्ता छन्



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १२२.७६ प्रतिशतले बढेर ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३५ करोड ५१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा २४.५१ प्रतिशतले बढेर १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद आर्जन गरेको छ । मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको हालसम्म कूल बीमा शुल्क आर्जन ४२.५६ प्रतिशतले बढेर १३ अर्ब ७ करोड ६४ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०७.८४ प्रतिशतले बढेर ४४ करोड ३८ लाख ७३ हजार रुपयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २१ करोड ३५ लाख ६४ हजार रुपैयाँ गरेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल बीमा शुल्क १२२.६८ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कम्पनीको कूल बीमा शुल्क १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा पोलिसी संख्या २२.४२ प्रतिशतले घटेर १ लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ११०.५ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ४२.७९ प्रतिशतले बढेर ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.४४ प्रतिशतले बढेर १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ७ अर्ब १० करोड ४४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट घटेर ७ रुपैयाँमा सिमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्