२७ श्रावण २०८३, बुधबार

शिवम् सिमेन्टको सबै सूचकमा चमत्कार, नाफामा २६.५२ प्रतिशतले छलाङ, सिमेन्ट बिक्री आम्दानी साढे ७ अर्ब



काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २६.५२ प्रतिशतले बढेर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवसधमा कम्पनीले खुद नाफा ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा सिमेन्ट बिक्रीबाट ७ अर्ब ८ करोड ४० लाख ८५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी २४५.३४ प्रतिशतले बढेर ३ करोड ८९ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अन्य स्रोतबाट हुने आम्दानी १ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०२ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ०३ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा, मूल्य आम्दानी अनुपात ४३.८१ गुणा कायम भएको छ ।

त्यस्तै, कम्पनीको यस अवधिमा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ अर्ब ७ करोड ६५ लाख रुपैयाँ छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ४ अर्ब १२ करोड ३ लाख ९ हजार रुपैयाँ छ ।

गत वर्ष ६ अर्ब ६ करोड ५५ कुल खर्च गरेको कम्पनीले यस वर्ष ६ अर्ब ९ करोड ३१ लाख कुल खर्च गरेको छ । कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ ।