परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



काठमाडौं । कोभिड–१९ को दोश्रो लहरसंगै देशका अधिकांश स्थानहरुमा निशेधाज्ञा जारी भएको अवस्था छ । दिन प्रति दिन विरामीहरुको चाप बढ्दै गईरहेको छ ।

अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ । त्यस्तै कोभिडका विरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन शिलिन्डरको समेत अभाव भई रहेको अवस्था छ । यस्तो आपतकालीन परिस्थितिसंग जुध्न परिसंघले यस अघि नै उद्योगहरुमा रहेको अक्सिजन शिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सवैलाई आह्वान समेत गरिसकेको छ ।

यसैक्रममा परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शीभम सिमेन्ट मार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । रु. २ करोड बरावरको सो सामाग्रिहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने विचार व्यक्त गरे ।

सामाग्रिहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए ।राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्री उपलब्ध गराई सहयोग पु¥याएकोमा नेपाल उद्योग परिसंघले होङ्शी–शीभम सिमेन्ट परिवारलाई विशेष धन्यवाद दिएको छ ।


प्रतिक्रिया दिनुहोस्