प्रभु इन्स्योरेन्सले दाबी भुक्तानी ४२.९१ प्रतिशले बढायो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु इन्स्योरेन्सले दाबी भुक्तानी ४२.९१ प्रतिशले बढायो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ



काठमाडौं । प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४.९५ प्रतिशतले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १५ करोड २२ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कमपनीको चुक्ता पूँजी ५.०९ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष २५.६२ प्रतिशतले बढेर २८ करोड ९३ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष २३ करोड ३ लाख ३ हजार रुपैयाँ रहको थियो ।

त्यस्ते, यस अवधिमा कम्पनीको बीमा कोष २०।७५ प्रतिशतले बढेर ७८ करोड ८९ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ६.३३ प्रतिशतले बडेर ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमा शुल्क ४३ करोड ४० लाख ११ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६ रुपैयाँले बढेर २१३ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको दाबी भुक्तानी ४२.९१ प्रतिशतले बढेर २९ करोड ३९ लाख ३९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले कूल दाबी भुक्तानी २० करोड ५६ लाख ६७ हजार रुपैयाँ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्