एशियन लाइफको दाबी भुक्तानी ७२.१३ प्रतिशतले बृद्धि, नाफा ३९.३१ प्रतिशतले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एशियन लाइफको दाबी भुक्तानी ७२.१३ प्रतिशतले बृद्धि, नाफा ३९.३१ प्रतिशतले बढ्यो



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १३ करोड ७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ४७.२८ प्रतिशतले बढेर ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ४९ करोड ५९ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष २६.१७ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनी विभिन्न क्षेत्रमा कर्जा लगानी २९ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा विभिन्न क्षेत्रमा कर्जा लगानी १ अर्ब १० करोड ७१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४८.१० प्रतिशतले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीको कूल बीमा शुल्क २६.२८ प्रतिशत बढेर २९ अर्ब ४४ करोड ६४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७२.१३ प्रतिशतले बढेर ७२ करोड २४ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४१ करोड ९७ लाख १९ हजार रुपैयाँ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्