लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशत बढ्दा खुद बीमा शुल्क २२.१३ प्रतिशत आर्जन, अन्य सूचक कस्ता ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.३९ प्रतिशत बढेर १३ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १२ करोड ४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क २२.१३ प्रतिशतले बढेर ५२ करोढ ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ४३ करोड १६ लाख रुपैयाँले आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ९.१६ प्रतिशतले बढेर १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष ४.७७ प्रतिशतले बढेर ३० करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष २८ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको बीमा कोष १८.९२ प्रतिशतले बढेर ७१ करोड ६५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ६० लाख २५ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, गत आर्थिक बर्षको यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५२ पैसा रहेकोमा यस बर्ष प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८ पैसा रहेको छ । त्यस्तै, गत आवमा प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ६१ पैसा रहेकोमा यस बर्ष १९५ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१.७५ गुणा छ ।
यस अवधिमा कम्पनीको बीमा लेख जारी १७.३४ प्रतिशतले बढेर १ लाख १९ हजार ३ वटा गरेको छ । जसबाट १ अर्ब १ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको दाबी भुक्तानी २०.१९ प्रतिशतले बढेर ४ हजार ९७० वटा गरेर ७७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।













