सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ८२.१७ प्रतिशत बढ्या, अन्य सूचक यस्ता छन्
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ८२.१७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ७९ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा ३०.२८ प्रतिशतले बढेर ९ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३३ करोड २२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ९४ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १८ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो
यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।













