३ दिन बाँकी हुँदै काठमाडौं रि र पुडेन्सियल रि लाइसेन्स माग्न पुगे बीमा समिति, अरु कति पर्ला आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३ दिन बाँकी हुँदै काठमाडौं रि र पुडेन्सियल रि लाइसेन्स माग्न पुगे बीमा समिति, अरु कति पर्ला आवेदन ?



काठमाडौं । बीमा समितिले नयाँ पुर्नबिमा कम्पनीको लागी आह्वान गरेको १९ औं दिनसम्म आइपुग्दा २ ओ्टा पुर्न बीमा कम्पनीले लाइसेन्सको लागी आवेदन दिएका छन् ।

बीमा समितिले आवेदन आह्वान गरेको अव ३ दिन बाँकी छ । तोकिएको म्यादभित्रै २ ओटा कम्पनीबाट आवेदन आइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जुन कम्पनी यसअघिनै आवेदन दिएका कम्पनीहरु हुन ।

नयाँ पुर्नबीमाको लागी लाइसेन्सको लागी आवेदन दिने कम्पनीहरुमा काठमाडौं रि र पुडेन्सियल रि रहेका छन । काठमाडौं रि–इन्स्योरेन्समा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश कुमार भट्टराई, बीमा समितिकै पुर्व अध्यक्ष भैसकेका देवेन्द्रप्रताप शाह, नेपाल रि–इन्स्योरेन्सका अध्यक्षबाट हालै हटेका महेश गुरागाईँसमेत रहेका छन् ।

त्यस्तै पुडेन्सीयल रि–इन्स्योरेन्समा विशाल ग्रुप, संघाई ग्रुप र आईएमई ग्रपको लगानी रहेको रहेको छ । बीमा बजारमा बिशाल ग्रुप र आईएमई ग्रुपको लगानी भएका धेरै बीमा कम्पनीहरु रहेका छन् ।

बीमा समितिले बैसाख १६ गते १ नयाँ पुर्नबीमा कम्पनीको लागी लाइसेन्स दिने भन्दै आवेदन आह्वान गरेको थियो । सो अवधी भित्रनै पुडेन्सियल रिले शुक्रबार लाइसेन्सको आवेदन दिएको छ, भने काठमाडौं रिले सोमबार आवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्