पुर्नबीमा कम्पनीको लागी आवेदन दिन २ दिन बाँकी, अहिलेसम्म कति कम्पनीले दिए आवेदन ?
काठमाडौं । बीमा समितिले नयाँ पुर्नबिमा कम्पनीको लागी आह्वान गरेको २० औं दिनसम्म आइपुग्दा ५ ओटा पुर्नबीमा कम्पनीले लाइसेन्सको लागी आवेदन दिएका छन् ।
बीमा समितिले आवेदन आह्वान गरेको अव २ दिन बाँकी छ । तोकिएको म्यादभित्रै ५ ओटा कम्पनीबाट आवेदन आइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
नयाँ पुर्नबीमाको लागी लाइसेन्सको लागी आवेदन दिने कम्पनीहरुमा काठमाडौं रि र पुडेन्सियल रि, जेन्यून रि, अन्नपुर्ण रि, र हिमालयन रि इनस्योरेन्स कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।
बीमा समितिले बैसाख १६ गते १ नयाँ पुर्नबीमा कम्पनीको लागी लाइसेन्स दिने भन्दै आवेदन आह्वान गरेको थियो । सो अवधी भित्रनै पुडेन्सियल रिले शुक्रबार लाइसेन्सको आवेदन दिएको हो, भने काठमाडौं रि, जेन्यून रि, अन्नपुर्ण रि, र हिमालयन रि इनस्योरेन्स कम्पनीले ले सोमबार आवेदन दिएको छ ।
१६ गते बीमा समितिले एक सूचना प्रकाशन गरी २१ दिनभित्र सम्पुण तोकिएको मापदण्ड पुरागरी आवेदन खुला गरेको हो । उत्त प्रश्तावहरुमध्येबाट उच्चतम अंक ल्याउनेलाई मात्रै लाइसेन्स दिने समितिको सूचनामा जनाइएको छ । अव नयाँ मापदण्ड अनुसार आउने कम्पनीमध्ये १ कम्पनीलाई मात्रै बीमा समितिले लाइसेन्स प्रदान गर्ने छ ।













