जनउत्थान सामुदायिक लघुवित्तको सबै सूचकमा चमत्कार, नाफा ९३.०४ प्रतिशत छलाङ, प्रतिशेयर आम्दानी ५९.१९ रुपैयाँ
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९३.०४ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको ११ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीको सञ्चालन नाफा १ करोड ३० लाख रुपैयाँ रहेकोमा यस बर्ष २ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ९० करोड २३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ४४.४९ प्रतिशतले बढेर १२ करोड ६७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५९.१९ रुपैयाँ रहेको छ । पीई रेसियो ३९.३१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६०.०१ रुपैयाँ रहेको छ ।















