पुर्नबीमा कम्पनीको लागी आज १२ बजेभित्र आवेदन दिईसक्नुपर्ने, अहिलेसम्म कति कम्पनीले दिए आवेदन ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पुर्नबीमा कम्पनीको लागी आज १२ बजेभित्र आवेदन दिईसक्नुपर्ने, अहिलेसम्म कति कम्पनीले दिए आवेदन ?



काठमाडौं । बीमा समितिले नयाँ पुर्नबिमा कम्पनीको लागी आह्वान गरेको २१ औं दिन पुगेको छ । पुर्नबीमा कम्पनीका लागी आवेदन दिने आज अन्तिम दिन रहेको छ । बीमा समितिले गत बैशाख १६ गते २१ दिन भित्रमा प्रस्ताव पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो । समितिले दिएको म्याद आज (जेठ ५ गते) सकिदैछ ।

२१ दिनसम्म आईपुग्दा ५ ओटा पुर्नबीमा कम्पनीले लाइसेन्सको लागी आवेदन दिएका छन् । बीमा समितिले तोकिएको म्यादभित्रै ५ ओटा कम्पनीबाट आवेदन आइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नयाँ पुर्नबीमाको लागी लाइसेन्सको लागी आवेदन दिने कम्पनीहरुमा काठमाडौं रि र पुडेन्सियल रि, जेन्यून रि, अन्नपुर्ण रि, र हिमालयन रि इनस्योरेन्स कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।

सो अवधी भित्रनै पुडेन्सियल रिले शुक्रबार लाइसेन्सको आवेदन दिएको हो, भने काठमाडौं रि, जेन्यून रि, अन्नपुर्ण रि, र हिमालयन रि इनस्योरेन्स कम्पनीले ले सोमबार आवेदन दिएको हो ।

१६ गते बीमा समितिले एक सूचना प्रकाशन गरी २१ दिन १२ बजे भित्र सम्पुर्ण तोकिएको मापदण्ड पुरागरी आवेदन खुला गरेको हो । उक्त प्रस्तावहरुमध्येबाट उच्चतम अंक ल्याउनेलाई मात्रै लाइसेन्स दिने समितिको सूचनामा जनाइएको छ । अव नयाँ मापदण्ड अनुसार आउने कम्पनीमध्ये १ कम्पनीलाई मात्रै बीमा समितिले लाइसेन्स प्रदान गर्ने छ ।

प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तिमा १० अर्ब रुपैयाँ नघट्ने गरी प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्तावकले यस अघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुनेछ ।

प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेश गर्दा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद तीन को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरु समेत समावेश गरेको हुनुपर्नेछ ।

रितपुर्वक पेस नगरिएको, म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावहरु उपर कुनै कारबाही हुने छैन् । प्रस्तावकले पेस गरेका प्रस्तावहरु मध्ये बीमा समितिबाट तयार हुने मूल्यांकलनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्रै छनोट गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्