बीमा क्षेत्रमा बदनाम कमाएका शुलभ अग्रवालले पनि नयाँ पुर्नबीमाको लागी दिए आवेदन, अरु को को छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा क्षेत्रमा बदनाम कमाएका शुलभ अग्रवालले पनि नयाँ पुर्नबीमाको लागी दिए आवेदन, अरु को को छन् ?



सरकारको नियत विवादीतलाई लाइसेन्स दिने देखियो : बीमा विज्ञ

काठमाडौं । बीमा बजारमा बदनाम कमाएका व्यावसायी शुलभ अग्रवालले पनि नयाँ पुर्नबीमा कम्पनीको लागी आवेदन दिएका छन । नयाँ पुर्नबीमाको लागी बीमा समितिले २१ दिनको अवधी दिएर लाइसेन्सको लागी दरखास्त आह्वान गरेको थियो । सो अवधीमा ५ ओटा पुर्नबीमा कम्पनीले आवेदन दिएको बीमा समितिले जनाएको छ ।

बीमा समितिले तोकेको समयसिमाभित्र लाइसेन्सको लागी आवेदन दिनेहरुमा यसअघिनै आवेदन दिएका ४ ओटा कम्पनी रहेका छन भने १ नयाँ कम्पनीको पनि दरखास्त परेको बीमा क्षेत्रका जानकारहरु बताउँछन ।

बीमा समितिले निजी क्षेत्रको एउटा कम्पनीलाई मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भन्दै बैशाख १६ गते दरखास्त आह्वान गरेको थियो । पुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, हिमालयन र जेन्यूइन रिइन्स्योरेन्स कम्पनीले लाइसेन्सको लागी आवेदन दिएका छन ।

आवेदन दिएकामध्ये पुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, र जेन्यूइन रिइन्स्योरेन्सले यसअघिनै निवेदन दर्ता गराएका थिए भने हिमालयन रि–इन्स्योरेन्स अहिले थपिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी जगदम्बा ग्रुपका उपाध्यक्ष रहेका शुलभ अग्रवालले संयोजन गरिरहेका छन् ।

शुलभ अग्रवालको अगुवाइमा हाल लगानी बोर्डका सीईओ रहेका शुशिल भट्टका भाइ दिपक भट्टको लगानी रहेको छ । सरकारले नयाँ पुर्नबीमा कम्पनीको लाइसेन्स तिनै विवादित समुहलाई दिनको लागीनै पुरानो प्रक्रिया रद्द गरेको बीमा जानकारहरु बताउँछन ।

को हुन शुलभ अग्रवाल ?

चाइनिज एजेन्ट रहेका दिपक भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीसंग राम्रै उठबस रहेका व्यापारी हुन । उनको साथमा हाल युनियन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहेका विवादित व्यवसायी शुलभ अग्रवाल पनि रहेका छन ।

शुलभ अग्रवाल गत वर्ष कोरोनाको महामारीमा थर्मल गन काण्डमा समातीएका बदनाम व्यापारी हुन । चाइनबाट प्रतिगोटा ४५ सयमा ल्याएको थर्मल गन ५० हजारसम्ममा वेचेको थाहापाएपछि प्रहरीले अग्रवाललाई रंगेहात पक्राउ गरेको थियो । दिपक भट्टसंग कनेक्सन रहेकै कारण शुलभ छोटो समयमै जेलमुक्त भएका थिए ।

शुलभको अर्को काण्ड

२ वर्षअघि सौर्य सिमेन्ट ल्याउने भन्दै कम्पनी खडा गरेर नक्कली बीमा पोलिसि बनाएर राज्यलाई झण्डै ४ करोड ठगी गरेका व्यावसायी हुन । उदयपुरमा सौर्य सिमेन्ट उत्पादनको प्रक्रियामा रहेको छ । कम्पनीको लागी शुलभले नक्कली बीमा पोलिसि बनाएर विभिन्न बैंकबाट १ अर्व ऋण लिएका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा विभिन्न बैंकले अर्वभन्दा माथी कर्जा प्रवाह गरेका छन । तर कर्जा लिने बेलामा पेश गरीएको कम्पनीको बीमा नै नक्कली भएको पाइएपछि बीमा समितिमा उजुरीसमेत परेको थियो ।

पछि बीमा समितिले सिंहदरवारकै फोर्सबाट नयाँ सक्कली बीमा पोलिसि बनाएर मिलाइदिएको थियो । पटक पटक विवादमा आएका प्रतिष्ठित व्यवसायी शुलभ अग्रवाल अहिले पुर्नबीमा कम्पनी खोल्ने अभियानमा छन ।

बीमा समितिले पनि यीनै विवादीत व्यवसायीलाई लाइसेन्स दिनको लागी पुरानो प्रक्रिया रद्द गरेरको बीमा विज्ञहरुले बताएका छन । नेपालको सानो बीमा बजारमा एउटै पुर्नबीमाले विजनेश नपाइरकेको अवस्थामा विवादित व्यवसायीलाई लाइसेन्स दिने अभिप्रायले बीमा समितिले अध्यायन गरेर लाइसेन्स दिने ध्याउन्नमा लागेको छ ।

एकवर्ष अघिमात्रै थर्मल गन काण्डमा मुछिएका शुलभ अग्रवाल र चाइनीज एजेन्टको रुपमा परिचित दिपक भट्टको कम्पनीले लाइसेन्स दिनको लागी बीमा समितिले क्रस होल्डिङ नभएको भनि विज्ञापन गरेको छ ।

बीमा बजारका विज्ञहरुले बीमा समितिको अहिलेको प्रक्रिया र नियतमाथी नै प्रश्न गरेका छन । बीमा क्षेत्रमा ज्ञाननै नभएका विवादिन व्यवसायीलाई लाइसेन्स दिने उदेश्यले यस्तो नाटक मञ्चन गरिएको बिमा विज्ञहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्