भन्सारले अब बिदाको समयमा पनि उपचार सामग्री नरोक्ने, कोरोनाको उपचारमा सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भन्सारले अब बिदाको समयमा पनि उपचार सामग्री नरोक्ने, कोरोनाको उपचारमा सहयोग



काठमाडौं । भन्सार विभागले कोरोना भाइरस महामारीको निदान उपचारमा प्रयोग हुने वस्तुको शीर्घ आयात सुविधा दिन अलग्गै कार्यविधी जारी गरेको छ । यो सरकारले बनाउने भनेको ‘सनसेट ल’ अर्थात् कुनै विशेष परिस्थिति वा निश्चित समयका लागि मात्रै लागू हुने कानूनकै एक भाग हो ।

नेपाल सरकारले यस महामारीको निरोध, निदान, नियन्त्रण तथा उपचारका लागि प्रमुख प्राथमिकता दिएर विभिन्न वस्तुको आयातमा महसुल छुट दिने निणर्य गरिसकेको छ । यसरी आयात हुने वस्तुको शीघ्र जाँचपास गरेर भित्र्याउन सक्ने व्यवस्था गर्न विभागले कार्यविधी जारी गरेको अर्थ मन्त्रालयका सूचना सल्लाहकार भुवन केसीले जानकारी दिए ।

‘कोभीड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँचपास कार्यविधी, २०७८’ शुक्रवार जारी भएको हो । कार्यविधीले प्रज्ञापन पत्र (एलसी)साथ भन्सारमा पेश गर्नुपर्ने कागजात आयातकर्ताले तत्काल पेश गर्न नसके पनि पछि पेश गर्ने समझदारीमा आयातित वस्तुको जाँचपास गर्नसक्ने व्यवस्था गरिएको छ ।

भन्सार अधिकृतले यस्ता वस्तुको जाँचपासमा अलग्गै एकाई बनाएर कर्मचारी खटाउने, भन्सारको नियमित समयभन्दा अघिपछि र विदाको समयमा पनि यस्ता वस्तुको जाँचपास नरोकिने व्यवस्था कार्यविधीमा गरिएको छ ।

यस्ताे छ कार्यविधीः


प्रतिक्रिया दिनुहोस्