राष्ट्रिय बीमा संस्थानको नाफा र बीमा शुल्क सामान्य घट्यो, बीमा कोष साढे ३२ अर्ब रुपैयाँ पुग्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

राष्ट्रिय बीमा संस्थानको नाफा र बीमा शुल्क सामान्य घट्यो, बीमा कोष साढे ३२ अर्ब रुपैयाँ पुग्यो



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १.०२ प्रतिशत घटेर ६ अर्ब ७७ करोड २८ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षका् सोहि अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ ३२ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा १.४३ प्रतिशतले घटेर ४ करोड ८६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमिशनमा २० करोड ८५ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० रुपैयाँ, जगेडा कोषमा ३३ करोड ४४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३२ अर्ब ४४ करोड ७२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ७० करोड ३८ लाख २५ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब ५४ करोड २० लाख २९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । संस्थानको प्रतिशेयर आम्दानी ३५.८२ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्