एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज हुँदै, ८.४२ प्रतिशत लाभांश पारित गरिने, अन्य एजेण्डा यस्ता छन्
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण आज हुँदै छ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा जेठ १० गते बोलाउने निर्णय गरेको थियो । कम्पनीको साधारण सभा केन्द्रिय कार्यलयमा दिँउसो २ बजे हुनेछ ।
सभामा कम्पनीको हाल कायम रहेको चुक्ता ? ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन (नगद लाभांश) का लागि ०.४२ प्रतिशत गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, भाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।














