मेट लाइफको सबै सूचक उत्साहजनक, नाफा २०.५८ प्रतिशत छलाङ, जीवन बीमा कोष १९ अर्ब १६ करोड रुपैयाँ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मेट लाइफको सबै सूचक उत्साहजनक, नाफा २०.५८ प्रतिशत छलाङ, जीवन बीमा कोष १९ अर्ब १६ करोड रुपैयाँ



काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क २०.५८ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । र्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन को हो।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद नाफा १९.३७ प्रतिशतले बढेर २५ करोड ८८ लाख रुपैंया आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ५ हजार ८९८ वटा दाबी वापत २ अर्ब ६६ करोड रुपैंया भुक्तानी गरेको छ । कम्पनीले ७३९ वटा बीमा दाबी वापतको ७५ करोड ३४ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा २ अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी १ अर्ब ३ करोड ९० लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अन्य आम्दानी १ अर्ब २६ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद दावी भुक्तानी २ अर्ब ६० करोड ४७ लाख ४७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ८ लाख ५० हजार रुपैयाँ गरेको गियो ।

यस अवधिमा कम्पनीको ब्यवस्थापन खर्च ३४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ब्यवस्थापन खर्च ३४ करोड ४५ लाख ८० हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ७.४५ प्रतिशतले बढेर १९ अर्ब १६ करोड ५६ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्