१८ भदौ २०८३, बिहिबार

बैंकहरुलाई मालपोतको राजस्व संकलनका लागी नापी कार्यालयको सिफारिस आवश्यक



काठमाडौं । मालपोत कार्यालयको राजस्व संकलन गर्न बैंकहरुले नापी कार्यालयको सिफारिस लिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्न इजाजत प्राप्त क बर्गका बाणिज्य बैंकले मालपोत कार्यालयको राजस्व संकलन गर्न राष्ट्र बैंकलाई निवेदन पेश गर्दा नजिकमा रहेको नापी कार्यालयको सिफारिस लिनुपर्ने जनाएको हो ।

साथै सो कार्यालयको समेत राजस्व संकलनका लागि स्वीकृति माग गर्न भनेको छ ।