आईपीओ जारी गर्ने प्रस्तावसहित रिलायबल लाइफले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आईपीओ जारी गर्ने प्रस्तावसहित रिलायबल लाइफले डाक्यो साधारण सभा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समिति बैठकले तेस्रो साधारण सभा असार ४ गते शुक्रबार बोलाएको हो ।

कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुने सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । सभामा सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्