अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि हस्तान्तरण
काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले ७० लाखको लागतमा सियारी गाँउपालिका वडा नं–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन गरेको छ ।

उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालले समुद्धघाटन गरेका हुन ।अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

,“मैनहियागाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्यचौकी आफ्नोघरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहजबनाउ छ भन्ने हामीले आशा राखेको छौँ ।हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत िनर्माण गरेका हौ अर्घाखाँचीसिमेन्ट प्रा.लि कानिर्देशक राजेश कुमार अग्रवालले भने ।














