मर्जर सम्वन्धि प्रस्ताव पारित गर्न नेपाल र ललितपुर फाइनान्सले साधारण सभा जेठ २८ गते बोलाए
काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले विशेष साधारण सभा बोलाएको छ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले अक्वायर गर्ने प्रस्ताव पारित गर्न जेठ २८ गते विशेष साधारण सभा आह्वान गरेका हुन् ।
सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । यसआधारमा, हाल लिलितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् ।
सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।
सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते बुक क्लोज गर्ने भएको छ । प्राप्ति प्रक्रियामा रहेकाले ललितपुरको सेयर कारोबार रोक्का नै रहेको छ । दुवै संस्थाले गत पुस २३ गते प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।















