नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा २५ लाखको बिमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।
दावी भुक्तानी जेठ १३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको हो ।
शकुन्तला कुमारी पोद्दारले वि.स. २०७६ साल अोिज २७ गते रु २५ लाखको जीवन अमृत योजना खरिद गर्नु भएको थियो ।
दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो। बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।













