६ हजार भन्दा बढि कोरोना संक्रमण मुक्त भए,थप ४,४८७ जनामा कोरोना संक्रमण
काठमाडौं । शनिबार ६ हजार ८० जना कोरोना संक्तमित निको भएका छन । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सरकारले परीक्षणको दायरा घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना संक्तमितको संख्या पनि घटेको हो । वितेको २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी वितेको २४ घण्टामा थप १ सय १६ जनाको कोरोना संक्तमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













