आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजावि सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यसैगरी आज चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार छापावाल सुन प्रति तोला ९३ हजार ८ सय र तेजावि सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।













